+
Search

ताजा अपडेट +

पपुलर +

डिजिटल बोर्डमा 'केपी चोर देश छोड' नारा डिस्प्ले

किन कुटिए विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख?

पालिका लाइभ
२०८१ चैत्र १२, मंगलवार १४:२६ बजे

चितवन– नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ माथि आक्रमण भएको छ ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो ।

आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् । १३–१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथि आक्रमण गरेको विद्युतका कर्मचारीहरूले बताएका छन् ।

केन्द्रका प्रशासन प्रमुख नन्दराम विष्टका अनुसार विद्युत् ग्राहकका लागि सूचना राख्ने गरिएको कार्यालयको डिजिटल बोर्डमा कसले, कसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा लेख्यो भन्ने विषयमा छलफल गरिरहेका बेला कार्यालय प्रमुख श्रेष्ठलाई कुटिएको हो।

‘बेलैमा बिल तिरौँलगायत ग्राहकका लागि चेतनामूलक सूचना राख्ने गरिएको डिजिटल बोर्डमा एक्कासि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको आपत्तिजनक कुरा देखायो, थाहा पाउनासाथ हामीले डिलिट गर्‍यौँ’, विष्टले भने, ‘यसैका विषयमा कसले ह्याक गर्‍यो र त्यस्तो कुरा राख्यो भन्ने विषयमा हामी छलफल गरिरहेका थियौँ, त्यही बेला एक्कासि ३०/४० जनाको जत्था प्रवेश गरी कार्यालयमा तोडफोड गर्दै कार्यालय प्रमुख श्रेष्ठलाई हातपात गर्‍यो।’

उनका अनुसार यसपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली आएपछि त्यो भिड तितरबितर भएको थियो।

घटनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइएको र जिल्ला प्रहरी कार्यालयसँग सुरक्षा मागिएको जानकारी पनि प्रशासन प्रमुख विष्टले दिए।

सोमबार साँझ मात्र मन्त्रिपरिषद्ले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।  कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ