+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकले मनायो ग्लोबल मनी विक

पालिका लाइभ
२०८१ चैत्र १२, मंगलवार १२:४२ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेस्ट बैंकले पनि ग्लोबल मनी विक मनाएको छ।

चैत ४ देखि सप्ताहव्यापी अभियानअन्तर्गत बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको हो।

उक्त कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झन्डै ३ हजारभन्दा बढी विद्यार्थीहरुबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ।

कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवासम्बन्धी जानकारी गराइएको बैंकले उल्लेख गरेको छ।

यस सप्ताहमा बैंकले विभिन्न कार्यक्रमहरूमा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयहरूमा सचेतना कार्यक्रम आयोजना गरेको थियो।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख बढी ग्राहक छन्। देशैभर बैंकका १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएम छन्।

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ।

बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ