+
Search

ताजा अपडेट +

पपुलर +

पार्टी नेतृत्व र सरकारप्रति जनता निराश छन् : शेखर कोइराला

पालिका लाइभ
२०८१ चैत्र ८, शुक्रबार १८:३५ बजे

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतामा नेतृत्वहरूप्रति वितृष्णा बढेको बताएका छन् ।

शुक्रवार नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यान्वयन नहुँदा जनता निराशा बढेको बताएका हुन् ।

उनले भने, ‘हामीले राम्ररी काम गर्‍यौ भने डराउनुपर्ने अवस्था म देख्दिन । सरकारको नेतृत्व दुई ठुला दलले गरेका छन् । ती दुई ठुला दलको जिम्मेवारीमा रहेको सात बुँदे सम्झौता कार्यान्वयन नै भएँ । जनता निराश भएका छन् । जनता अहिले कसको पक्षमा छ भन्ने होइन, जनता हामीसँग, नेतृत्वहरूप्रति वितृष्णा छ । यस्तो वितृष्णा हामीहरूले हटाउनुपर्छ । वितृष्णा नहटाई काम गर्‍यौँ भने दुर्घटनामा पर्छौँ ।’

उनले नेपाली कांग्रेस अहिलेको समस्या समाधानको लागि मियो बन्नुपर्ने समयमा एमाले, माओवादीको पछि लागेको बताए ।

‘नेपाली कांग्रेस नागरिकको पार्टी हो । तर अहिले यतातिर आएर नेपाली कांग्रेस जुन मियो बन्नु पर्ने हो परेन । अहिलेको समस्याको समाधानका निम्ति नेपाली कांग्रेस आफैँ कहिले एमालेको पछि लागिरहेको छ, कहिले माओवादीको पछि लागिरहेको छ ।’

यस्तै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले सामाजिक सञ्जाल विधेयक नागरिकको गोपनीयताको हकमा फोकस हुनुपर्ने बताए ।

यस्तै उक्त विचार गोष्ठीमा बोल्दै नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान संशोधनको लागि दुई तिहाइको सरकारले पहिले पाइला पनि चाल्न नसकेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ