+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा बैठक

लोकसेवामा फेल हुनेलाई होइन, सत्ता सञ्चालनमा फेल हुनेलाई निषेध गरौं : प्रकाश ज्वाला

पालिका लाइभ
२०८१ चैत्र ४, सोमबार १३:१४ बजे

काठमाडौं– एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटक भन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानुनी व्यवस्था गर्नु गलत भएको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी ‘सिण्डिकेट’ गर्नु संविधानको भावना विपरीत हुने उनले बताएका छन्। ‘लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानुनी व्यवस्था गरिँदै छ भने त्यो गलत छ।

कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिण्डिकेट गर्नु संविधानको भावना विपरीत छ’, उनले भने, ‘यसरी परीक्षाबाट नै वञ्चित गर्नु नेपाली युवाहरूलाई अझ बढी खाडी र मलेसिया तिर धकेल्नु हो ।’

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोकसेवा परीक्षा दिन पाउने भन्ने सीमा तोक्न लागिएको छ ।

उनले लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्ने माग गरेका छन् । बरु, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री कति पटक हुन पाउने भन्ने विषयमा बहस गर्न जरुरी रहेकामा उनले जोड दिए । ‘राजनीतिक नियुक्ति कति पटक खान पाउने, चुनाव कति पटक लड्न पाउने र राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कति पटक हुन पाउने विषयमा बहस गरौँ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ