+
Search

ताजा अपडेट +

पपुलर +

समाजवादी मोर्चाले भन्यो- ‘राज्य सञ्चालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा पर्‍यो’

पालिका लाइभ
२०८१ चैत्र २, शनिबार २०:३२ बजे

काठमाडौं- समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको जनाएको छ ।

शनिवार पत्रकार समाजवादी मोर्चा, नेपालले पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको भन्दै नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको जनाएको हो ।

मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ ।’

साथै मोर्चाले सरकार बिचौलिया दलालहरूको स्वार्थ सिद्धिमा केन्द्रित रहेको भन्दै सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्ररूपमा बढ्दै गएको जिकिर गरेको छ ।

यसैगरी समाजवादी मोर्चा, नेपालले काठमाडाैंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत १५ गते संयुक्त विरोध आन्दोलन गर्ने जानकारी दिएको छ ।

आन्दोलन सफल पार्न सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू पत्रकार सम्मेलन मार्फत अपिल पनि गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ