+
Search

ताजा अपडेट +

पपुलर +

एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई वडाले जनही २५ हजार दिने

पालिका लाइभ
२०८१ चैत्र १, शुक्रबार १४:१४ बजे

मकवानपुर– हेटौँडा उपमहानगरपालिकाको एउटा वडाले यही चैत ७ गतेबाट हुने एसइईमा ‘ए’ प्लस नजिता ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरूप नगद २५ हजार नगद दिने भएको छ ।

उपमहानगरपालिका-१७ का वडाध्यक्ष उद्धव सत्यालले वडा कार्यालयले एसइईमा ‘ए’ प्लस नतिजा ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

उनले वडाबाट एसइईमा सहभागी हुने विद्यार्थीलाई बिदाइ कार्यक्रममा आगामी एसइई परीक्षामा ‘ए’ प्लस नतिजा ल्याए जनही २५ हजार रुपैयाँ पुरस्कार दिने बताए ।

उनले आफ्नो घोषणाले विद्यार्थीलाई पढाइका लागि प्रेरणा मिल्नुका साथै साँच्चै ‘ए’ प्लस ल्याउने विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि सहयोगसमेत हुने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष सत्यालले १७ मा बालबोध माध्यमिक विद्यालय र राजदेवी माध्यमिक विद्यालय गरी दुईवटा मावि विद्यालय रहेको जानकारी दिए । दुवै विद्यालयमा गरी यस वर्ष ५४ जनाले एसइईमा सहभागिता जनाउने उनको भनाइ छ ।

उनका अनुसार बालबोध माविबाट ३३ र राजदेवी माध्यमिक विद्यालयबाट २१ गरी ५४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । यस वर्षको एसइई परीक्षा यही ७ चैतबाट सुरु हुँदै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ