+
Search

ताजा अपडेट +

पपुलर +

वैकल्पिक राजनीतिको औचित्य र आधार

देशलाई नयाँ वैकल्पिक शक्तिको आवश्यकता छ’

पालिका लाइभ
२०८१ फाल्गुन २९, बिहीबार ११:३५ बजे

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो पार्टीहरू कमजोर हुँदा राजावादी शक्तिहरूले टाउको उठाइरहेको बताएका छन् ।

बुधवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले कांग्रेस, एमाले, माओवादी सत्तामा हुँदा सबै ठिक भन्ने प्रवृत्तिले गर्दा यसैको लाभ लिएर राजावादी शक्तिहरूले टाउको उठाइरहेको बताए ।

‘पुरानो शक्तिहरू यथास्थितिवादी भए खास गरी कांग्रेस, एमाले, माओवादी सबै सत्तामा भइरहँदा सबै ठिक छ भन्ने त्यो त संसदीय खेल मात्र हो । उहाँहरूले अब समस्याहरू हल गरेर जान सक्नुहुन्न । यसैको लाभ लिएर राजावादी शक्तिहरूले टाउको उठाइरहेका छन्,’ उनले भने ।

उनले नेपालको राजनीतिक जटिल भएको भन्दै यस्तो समयमा छिमेकी मुलुकहरूले पनि आफ्नो प्रभुत्व देखाउन सक्ने बताए । उनले अब समयमा नै वैकल्पिक शक्तिको निमार्ण गरेर देशलाई विकल्प दिनुपर्ने बताए ।

उनले भने, ‘युवाहरूमा बेरोजगारी बढेको छ असन्तुष्टि बढेको छ, दलहरू भ्रष्ट्राचार चुर्लुम्म डुबेर आशा जगाउन सकेका छैनन् । यस्तो असन्तुष्टलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने शक्तिहरू क्रियाशील छन् । हामीले राम्रो ढंगले वैकल्पिक शक्तिको वेलैमा निर्माण गरेर देशलाई विकल्प दिन सकेनौ भने देश फेरी गम्भीर अवस्थामा जाने म खतरा देख्छु ।’

यस्तै, उक्त कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आर्थिक विकासको मोडालिटि नभएको बताए । उनले जनताले मौलिक अधिकार पनि नपाएको बताए ।

उनले भने, ‘आर्थिक प्रणालीको पुनर्संरचना के गर्दा हुन्छ, त्यो चाहिएको छ हामीलाई । असन्तुष्टि यसै कारण छ हामीले संविधानमा लेखिसक्यौ हामीले स्वास्थ्य शिक्षा, रोजगार, खाद्य, आवासको अधिकार मौलिक अधिकार त्यो कुरा जनताले पाउनु पर्दैन । त्यो दिनको लागि आर्थिक विकास गर्नु पर्ने थियो । त्यो विकासको मोडालिटि खै ?’

उनले अहिले नेताहरू पुरानो ब्युरोकेसीमा चलेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ