+
Search

ताजा अपडेट +

पपुलर +

संकटमा एनआईसी एसिया बैंक

एनआईसीका अध्यक्ष तुलसीराम अग्रवाल किर्ते कार्यमा संलग्न

पालिका लाइभ
२०८१ फाल्गुन २७, मंगलवार २०:४८ बजे

सुनसरी– जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको संलग्नता फेला परेको छ । दुहबी नगरपालिका वार्ड नम्बर ३ स्थित कि.नं.८, ३२८, ३२९ को क्रमशः ०–११–१५, ०–१–१६ र ०–१–१.५ क्षेत्रफलका जग्गामा किर्ते कार्य भएको खुलासा भएको छ ।

लक्ष्मण भनिने लक्षम माझीले लागत फारम भर्दा दीपबहादुर काजीलाई जग्गाधनी देखाइ २ नं. अनुसूची प्रकाशित गराएका थिए । तर, सर्वे नापीपछि कि.नं. २२ र २५ को जग्गा रुक्मिणी थापा र रणकुमारी थापाका नाममा दर्ता भयो । उल्लेखनीय छ कि यी दुवै महिला दीपबहादुर काजीकै एकाघरका श्रीमती र आमा थिए ।

दीपबहादुर काजीको यो जग्गा विभिन्न व्यक्तिहरूले अधियाँमा जोतभोग गर्दै आएका थिए । लक्षम माझी र उनकी पत्नी निरक्षर थिए, जसले भर्पाई लिन सकेनन् । २०२५ सालमा उनीहरूको मृत्यु भएपछि उनका छोरा ढालिया थारुको पनि २०४८ साल माघ १६ गते निधन भयो । त्यसपछि नाति जियाराम चौधरीले उक्त सम्पत्तिमा आफ्नो हक दाबी गर्दै नामसारीका लागि निवेदन दिएका थिए ।

२०७५ साल चैत्र २२ गते भूमि सुधार कार्यालय सुनसरीले नापजाँच गर्दा कि.नं. २२ र २५ मा मोही महल खाली रहेको निष्कर्ष निकाले । जसका आधारमा उक्त जग्गा रणकुमारी र रुक्मिणी थापाको नम्बरी जग्गा भनी तोकियो । जियाराम चौधरीले यसको विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरे । अदालतले पनि जग्गाधनी पक्षकै पक्षमा फैसला ग-यो ।

तर, स्थलगत अध्ययन र २०२२ सालको मालपोतको ढड्डा तथा कागजातहरूका आधारमा लक्षम चौधरीको मोहियानी हक रहेको प्रमाण भेटिएको छ । तर, तत्कालीन भूमिसुधार तथा मालपोत कार्यालय मोरङका प्रमुख सूर्यबहादुर थापा, प्रकाश मुन्द्रा र एनआईसीका अध्यक्ष तुलसीराम अग्रवालको मिलेमतोमा फिल्डबुकमा किर्ते गरिएको खुलासा भएको छ । उनीहरूले टिपेक्स प्रयोग गरी मोहीको नाम मेटाउने कार्य गरेको देखिन्छ ।

यसपछि उच्च अदालतमा किर्ते कागजात पेश गरी फैसलामा समेत प्रभाव पारिएको आरोप छ । हाल उक्त जग्गा अन्य व्यक्तिलाई बिक्री गरी प्रयोग भइरहेको छ ।

जियाराम चौधरीले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् । उनले उक्त जग्गा विवादमा संलग्न व्यक्तिहरूको छानबिन र कारबाहीको माग गरेका छन् । उनले प्रस्तुत गरेका प्रमाणहरूले २०२२ साल भदौ २९ गते लक्षम चौधरीलाई मोहियानी हक दिइएको देखाउँछ । जसले किर्ते कार्यको पुष्टि गर्छ । यसबारेमा एनआईसी, एसियाका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा पन्छिए ।

यस घटनाले भूमिसम्बन्धी ठगी तथा शक्तिको दुरुपयोगको गम्भीर समस्या खुलासा गरेको छ । अब सम्बन्धित निकायहरूले यसबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउला त भन्ने प्रश्न उठेको छ ।

याे पनि,

संकटमा एनआईसी एसिया, धमाधम बेच्दै स्वामित्वको शेयर

‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक

काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’

संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?

बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!

धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’

संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट

संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’

संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्‍यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’

संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित

संकटमा एनआईसी एशिया बैंक, सेयर भाउ निरन्तर ओरालो

संकटमा एनआईसी एसिया बैंक, राष्ट्र बैंकले गर्‍यो कारबाही

एनआईसीका कम्युनिकेसन प्रमुख भट्टराई कारबाहीमा, मिडियाबाट अनुचित लाभ लिएको आरोप

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ