काठमाडौं– विशाल बजार कम्पनी लिमिटेडको साधारण सभा रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र ऋषिराज भण्डारीको संयुक्त इजलासले साधारण सभा नगर्न आदेश दिएको हो ।
कम्पनीले यही फागुन २८ गते साधारण सभा गर्ने सूचना जारी गरेको थियो ।
सभा रोक्नका लागि सुनिलकुमार शाक्य अदालत पुगेका थिए ।
सोही मुद्दामा अदालतले सूचनाबमोजिम साधारण सभा नगर्न आदेश दिएको हो ।
प्रतिक्रिया