+
Search

ताजा अपडेट +

पपुलर +

सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रति तोला ५ सय र चाँदी १५ रुपैयाँ घट्यो

पालिका लाइभ
२०८१ फाल्गुन २७, मंगलवार ११:४७ बजे

काठमाडौं– सुनको मूल्य दुई दिनपछि घटेको छ।

अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँ घटेर मंगलबार कारोबार मूल्य प्रति तोला १ लाख ६९ हजार ९ सय रुपैयाँ भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलाको १ लाख ७० हजार २ सयमा कारोबार भएको सुन साताको पहिलो र दोस्रो दिन तोलामा एक/एक सय रुपैयाँ बढेको थियो।

सोमबार प्रति तोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार तोलामा १५ रुपैयाँले घटेको छ।

मंगलबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ७० रुपैयाँ भएको छ। अघिल्लो दिन प्रति तोला १ हजार ९ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको कारोबार मूल्य घटेको छ।

सोमबार प्रति औंस २९०९.७५ डलर रहेको सुन मंगलबार २८९७.७८ डलरले कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस ३२.१८ डलर छ। सोमबार ३२.५५ डलरमा कारोबार भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ