काठमाडौं– माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ ।
सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडि सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ ।
प्रवक्ता अग्नि सापकोटाले संविधान रक्षा, गणतन्त्रको सबलीकरणका लागि अग्रगामी शक्ति एक हुनुपर्ने बताए । माओवादीले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै समाजवादी मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको उनले जानकारी दिएका छन् ।
उनले भने- प्रतिगमनको कुनै सम्भावना छैन । राजा पुन स्थापित हुने कुनै सम्भावना छैन । प्रतिगामीहरू सलबलाइरहेका छन् । यसले नेपाली जनतालाई केही फरक पार्दैन । पहिले देखि चाहना राख्नेहरूले केही आशा राखेको त देखिए तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र हुन्छ भने बारेमा हामी एक मत छौँ । सरकारको कुशासन, अहिले हेर्यौँ भने हरेक क्षेत्रमा असफल देखिएको छ ।’
आजको बैठकले स्थगित हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्दै यसले उत्साह थपेको निष्कर्ष निकालेको सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया