+
Search

ताजा अपडेट +

पपुलर +

३ दिनसम्म लगातार बढेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?

पालिका लाइभ
२०८१ फाल्गुन २३, शुक्रबार १२:०३ बजे

काठमाडौं- गएका तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज घटेको छ। चाँदी भने आज थप महँगिएको छ।

मंगलबार, बुधबार र बिहीबार बढेको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनकाे मूल्य प्रतितोला पाँचसय रुपैयाँ घटेको हो। सुनको मूल्य आज तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनकाे मूल्य प्रतितोला तीनसय रुपैयाँ बढेर एक लाख ७० हजार सातसय रुपैयाँ पुगेको थियो।

बुधबार सुनको मूल्य प्रतितोला नौसय र मंगलबार एक हजार चारसय रुपैयाँ बढेको थियो।

यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।

आज चाँदीको भाउ भने बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेर १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ