+
Search

ताजा अपडेट +

पपुलर +

च्याम्पियन्स ट्रफी

दोस्रो सेमिफाइनलमा न्यूजील्याण्ड र दक्षिण अफ्रीका भिड्दै

पालिका लाइभ
२०८१ फाल्गुन २१, बुधबार ०८:४६ बजे

काठमाडौं– जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दोस्रो सेमिफाइनलको खेल हुँदै छ ।

दोस्रो सेमिफाइनलमा आज न्यूजील्याण्ड र दक्षिण अफ्रीकाबीच पाकिस्तानको लाहोरमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि सुरु हुने छ ।

दक्षिण अफ्रिका समूह बी को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने न्यूजील्याण्ड समूह ए को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित रहेको छ भने न्युजील्याण्डले समूह चरणमा एक खेलमा हार बेहोरेको थियो ।

दुवै देशबीच हेड टू हेडको कुरा गर्दा दक्षिण अफ्रिका र न्यूजील्याण्डबीच अहिलेसम्म ७३ खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ४२ खेल जितेको छ भने न्यूजील्याण्डले २६ खेलमा जित हासिल गरेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।

यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा पुगेको छ । आजको खेलको विजेताले मार्च ९ मा हुने च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतसँग खेल्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ