+
Search

ताजा अपडेट +

पपुलर +

‘किसान सरल कर्जा’ कार्यक्रम संचालन गर्न राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिकाबीच सम्झौता

पालिका लाइभ
२०८१ फाल्गुन २०, मंगलवार १५:३८ बजे

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जुम्लाको सिंजा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने बारे प्रारम्भिक सम्झौता भएको छ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात् कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिस सहित कर्जाको लागि आवेदन दिन सक्नेछन्।

बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालु पुँजी दुवै प्रकृतिको हुनेछ। यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिनेछ। बढीमा १० लाख रुपैंयासम्म प्रदान गरिने किसान सरल कर्जामा आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने छ। र, गाउँपालिकाले आफ्नो कोषबाट ऋणीलाई एक प्रतिशत ब्याज अनुदान दिनेछ।

हाल बैंकको आधार दर ५.४४ प्रतिशत रहेको छ। यो कर्जा लगानी पश्चात् कृषि उपजको व्यावसायिक उत्पादन भई स्वरोजगारमा वृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा गाउँपालिकाको नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ