काठमाडौं– कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौं बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबाट पाउने सेवामा विशेष छुट पाउने भएका छन् ।
छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार क्लिनिकबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स–रे, म्यामोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डप्लर, बोन मिनरल डेन्सिटी टेस्ट (बीएमडी), डेन्टल अर्थोप्यान्टोमोग्राम (ओपीजी) र कोन बिम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी), इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५ प्रतिशत तथा फार्मेसीमा ५ देखि १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईमार्फत आफ्ना ग्राहकवर्गलाई आधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकको प्रतिवद्धता छ ।
प्रतिक्रिया