+
Search

ताजा अपडेट +

पपुलर +

अस्ट्रेलियासँग बदला लिने अवसर

च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै

पालिका लाइभ
२०८१ फाल्गुन २०, मंगलवार ०८:१३ बजे

काठमाडौं– जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ ।

पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि सुरु हुँदै छ ।

भारत समूह ए को विजेताको रूपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समूह बि को उपविजेताको रूपमा सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगितामा दुवै अपराजित रहेका छन् ।

आइसीसी प्रतियोगितामा भारतमाथि अस्ट्रेलिया धेरै जसो हाबी हुँदै आएको छ । २०२३ मा भारत आफ्नै घरेलु मैदानमा एक दिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । अब यस सेमिफाइनलमा भारतका अगाडी अस्ट्रेलियासँग बदला लिने अवसर रहेको छ ।

भारत र अस्ट्रेलियाबीच एक दिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म १५१ खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै १० खेलको कुनै नतिजा आएको छैन ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधवार पाकिस्तानको लाहोरमा हुँदै छ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ