+
Search

ताजा अपडेट +

पपुलर +

बकबास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस्: प्रधानमन्त्री ओली

4KNationalDaily
२०८१ फाल्गुन ५, सोमबार २०:५१ बजे

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ‘धेरै बकबास गरेर नहिँड्न’ चेतावनी दिएका छन्।

दाङको घोराहीमा एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन्।

सत्ताबाहिर पुगेपछि प्रचण्डले आत्तिएर अनेक आरोप लगाएको उनको टिप्पणी थियो।

उनले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न आग्रह पनि गरे।

लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका र उनीहरू नै लोकतन्त्रका मसिहा बनेका भन्दै प्रधानमन्त्री ओलीले चेतावनीको भाषामा भने, ‘माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मास्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको थियो। त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिन सुहाउँदैन। धेरै बकबास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस्।’

यसअघि प्रधानमन्त्रीले ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily