+
Search

ताजा अपडेट +

पपुलर +

पालिकाका निमित्त प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द 

4KNationalDaily
२०८१ माघ १०, बिहीबार १९:३३ बजे

काठमाडाैं– देशभरको स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पालिकामा कार्यरत रहेका २३ अधिकृतहरूको जिम्मेवारी खोसिएको छ ।

संघीय , मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै देशभरका १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई  जिम्मेवारी बाट हटाएको हो ।

मन्त्रालयले माघ ९ मा गरेको निर्णय अनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आइरहेका अधिकृतहरू आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ ।

पछिल्लो समयमा स्थानीय तहका प्रमुखहरूकै सिफारिसमा पालिकाम कार्यरत विभिन्न शाखाका प्रमुखहरूले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily