+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा छुट

4KNationalDaily
२०८१ माघ ९, बुधबार ०९:५४ बजे

काठमाडौं- कुमारी बैंकका ग्राहकले वात्सल्य नेचुरल आईभीएफ प्रालिको सेवामा छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई छुट दिन बैंकले वात्सल्य नेचुरल आईभीएफसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले वात्सल्य नेचुरल आईभीएफका देशभरका शाखामार्फत छुट पाउनेछन्।

आफ्ना ग्राहकले वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रुपैयाँ छुट पाउने बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

साथै उपचारका क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणमा १० र औषधि खरिदमा ५% सम्म छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार, गर्भ परीक्षण लगायत सेवा प्रदान गर्दै अएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily