+
Search

ताजा अपडेट +

पपुलर +

टोखामा कर्जा सदुपयोगिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

4KNationalDaily
२०८१ माघ ६, आईतवार ११:१९ बजे

काठमाडौं– टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नबिल बैंक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा –१० को आयोजनामा शनिवार एक दिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अन्तर्क्रियामा कर्जा किन लिने ? कति लिने ? कहाँबाट लिने ? जे कामका लागि लिइएको हो सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरूबिचमा छलफल भएको थियो ।

नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको अन्तर्क्रियामा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगिता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरूलाई प्रतिवेदनमार्फत उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज टोखा –१० का अध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक रामजी रेग्मीले जानकारी दिए ।

यस्तै, अन्तर्क्रियामा उठेका राय सुझावलाई निक्षेपकर्ता र ऋणीहरूलाई कर्जा सदुपयोगिताका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्थाहरू निर्देशनहरुबारे जानकारी गराउने बताइएको छ । छलफलबाट उठेका प्रश्नको समाजका अध्यक्ष एवम् राष्ट्र बैंकका पूर्वसञ्चालक रामजी रेग्मीले उत्तर दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily