+
Search

ताजा अपडेट +

पपुलर +

गाउँपालिकाका अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड

4KNationalDaily
२०८१ पुष २१, आईतवार १६:०४ बजे

सिराहा-विष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छिन् ।

समयमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिको बा.२ झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन ।

उपाध्यक्ष सिंहले पालिकाको सकर्पियोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्च्याएको चालक बाबुनाथ यादवले बताए।

उपाध्यक्ष सिंहले घरमा लिन समयमै नपुगेको झोँकमा आक्रोश पोख्दै गाडीमा क्षति पुत्याएकी हुन् ।

उपाध्यक्ष सिंहको दुई वर्षको कार्यकालमा कुनै पनि ठोस र सकारात्मक योगदान दिन नसकेको आरोप छ। उनीमाथि वितण्डा मच्चाउने, उपद्रव सिर्जना गर्ने र सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने जस्ता गम्भीर आरोपहरू लाग्दै आएको छ। । हाल अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएको छ।

अध्यक्षले गाडी कब्जामा राख्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा समयमा नदिँदा आक्रोशित हुँदै आएकी छिन्। आज पनि उपाध्यक्षले गाडी लिन बोलाउँदा पनि नआएपछि गाउँपालिका अध्यक्षकै घर अगाडी रोकिएर राखेको गाडी तोडफोड गरिन् ।

उपाध्यक्षले ९ बजे नै घरमा लिन बोलाएकी थिइन्, तर समयमा नपुगेको भन्दै तोडफोडमा उत्रेको अध्यक्ष यादवकाे दावी छ।

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चार चक्के गाडी चढे पनि उपाध्यक्षलाई भने गाडी सुविधा दिएको छैन। कार्यालयको एक थान सरकारी स्कोरपीओ र प्रशासकीय अधिकृत भाडाको गाडीमा चढ्दै आएका छन्।

उपाध्यक्ष भने आफ्नो निजी मोटरसाइकल चढ्दै आएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily