+
Search

ताजा अपडेट +

पपुलर +

मनासलु हिमाल क्षेत्रबाट एक विदेशी नागरीक बेपत्ता, अन्य ४ जना सम्पर्कमा

4KNationalDaily
२०७५ आश्विन १७, बुधबार २२:५४ बजे

गोरखा-  उत्तरी गोरखाको मनासलु हिमाल क्षेत्रबाट एक विदेशी नागरीक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार चुमनुब्री गाउँपालिका-१ सामागाउँ क्षेत्रबाट चेक रिपब्लिकका ४३ बर्षिया नागरिक रोमन ह्लाब्को सहिद अन्य नागरीक बेपत्ता भएका हुन् ।

गत शनिबार मनासलु हिमाल आरोहण गर्न माउण्टेक्सन नेपाल संस्थाबाट ४ चेक रिपब्लिकका नागरिक र एक नेपाली मनासलु क्षेत्रको मध्य क्षेत्रको ब्यस क्याप आँउदासम्म सम्पर्कमा आएका थिए । हिमालको सफल आरोहण पश्चात फर्कने क्रममा पहिलो बेस क्याम्पमा नेपाली सहित ४ जना सम्पर्कमा आएका थिए ।

तर, रोमन भने हालसम्म पनि सम्पर्कमा नआएको उनीसँगै गएका नेपाली गाइड भिमलाल तामाङ्गलाई उद्धत गर्दै प्रहरीले जनाएको छ । हाल उनीहरूको खोजी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily