+
Search

ताजा अपडेट +

पपुलर +

‘स्थानीय तह र निकुञ्जहरूले हेलिकोप्टर उडानमा रोक लगाए कारबाही हुन्छ’

4KNationalDaily
२०८१ पुष १६, मंगलवार २०:११ बजे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले स्थानीय तह र राष्ट्रिय निकुञ्जहरूले हेलिकोप्टर उडानमा रोक लगाए कारबाही गर्ने चेतावनी दिएका छन् ।

मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गरिसकेपछि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।

गत मंसिरमा सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यावसायिक हेलिकोप्टर उडानमा रोक लगाएको थियो । सोही विषय सम्बन्धित रहेर उठाइएको प्रश्नको जवाफ दिँदै महानिर्देशक अधिकारीले नेपालमा हवाई उडानको अनुमति दिने वा नदिने विषय प्राधिकरणले मात्रै दिन सक्ने बताए ।

नियम विपरीत र कार्य क्षेत्र विपरीत काम भए नेपाल नागरिक उड्डयन प्राधिकरण २०५३ र गैर सैनिक हवाई उडान ऐन, २०१५ बमोजिम राज्यका कर्मचारी, जनताले निर्वाचित गरेका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिए ।

उनले भने, ‘नेपालमा हवाई उडानको होलसेल अथुरिटी भनेको सिभिल एभिएशन हो मात्रै त्यो निकाय हो जसले उडान अनुमति दिन सक्छ । जसले उडान अनुमति रोक्न सक्छ । अब यहाँ गाविसले, राष्ट्रिय निकुञ्जले यो गर्न थालेपछि त अब यो कसको काम के भन्ने कुरा थाहा भएन नि । मेरो अनुरोध छ, उहाँहरूलाई कि नेपाल नागरिक उड्डयन प्राधिकरण २०५३ र गैर सैनिक हवाई उडान ऐन, २०१५ बमोजिम राज्यका कर्मचारी, जनताले निर्वाचित गरेका पदाधिकारीलाई कारबाही गर्ने बाटोतर्फ उहाँहरू जानुहुन्न भन्ने मेरो विश्वास हो ।’

महानिर्देशक अधिकारीले हवाई उडान रोक्छु भन्ने शब्द पनि प्राधिकरणले सुन्न नसक्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily