+
Search

ताजा अपडेट +

पपुलर +

बाँझो जग्गामा खेती गर्न कृषिमन्त्री अधिकारीले खोजे प्रदेश र स्थानीय सरकारको साथ

4KNationalDaily
२०८१ पुष ७, आईतवार १९:४५ बजे

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

सातवटै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बसेको विषयगत समितिको १० औँ बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरी योजना बनाउनुपर्ने र कार्यान्वयनलाई प्रभावकारी बनाउन पर्नेमा जोड दिए ।

बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरी स्थानीय तहमार्फत कानुन तथा कार्यविधि बनाई लागू गर्न आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले यसका लागि प्रदेश र संघीय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे।

मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफूलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना बनाउन आवश्यक रहको छ बताए । विदेशबाट फर्किएकाहरूलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरी काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गरे ।

बैठकमा सातै प्रदेशका कृषिसँग सम्बन्धित सचिवहरूले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्था बारे प्रस्तुति गरेका थिए भने प्रदेशमन्त्रीले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

बैठकमा यस अघि बसेको नवौँ बैठकले गरेका निर्णय कार्यान्वयनको समीक्षा भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily