+
Search

ताजा अपडेट +

पपुलर +

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइलनमा

4KNationalDaily
२०८१ पुष ३, बुधबार १६:२१ बजे

काठमाडौं– जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धसतक बनाए ।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा १० हजारमाथि समर्थकमाझ टस जितेर ब्याटिङ गरेको जनकपुरले ८ विकेट गुमाउँदै एक सय १४० रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा सुदूरपश्चिम १८.३ ओभरमा २ विकेट गुमाउँदै जित निकाल्यो । सुदुरपश्चिम प्रतियोगितामा आठ खेल खेल्दा एक खेलमात्रै हार्न पुग्यो ।

आज नै भएको इलिमिनेटरमा खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स क्वालिफायर २ मा प्रवेश गरेको छ । अब, कर्णाली र जनकपुरबीचको बिहीबार क्वालिफायर २ हुनेछ । यस खेलको विजेताले उपाधिको लागि शनिबार सुदूरपश्चिमसँग खेल्नेछन् । यसअघि लिग चरणमा सुदूरपश्चिम पहिलो र जनकपुर दोस्रो हुँदै पहिलो क्वालिफायरमा प्रवेश गरेका थिए ।

जनकपुरको लागि ललित राजवंशीले दुई तथा किशोर महतोले एक विकेट हात पारे ।

पहिलो इनिङमा जनकपुरको लागि न्युजिल्यान्डका अनुभवी ब्याटर जेम्स निसमले २३ बलमा समान तीन चौका र छक्कासहित सर्वाधिक ४५ रन बनाए ।

रन आउट भएका शुभ शंकरले २६, हर्ष ठाकर र लाहिरु मिलान्थाले समान १२, कप्तान आसिफ शेख र अरनिको यादवले समान ११ रनको योगदान गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily