+
Search

ताजा अपडेट +

पपुलर +

कर्णाली प्लेअफमा, काठमान्डु बाहिरियो, ‘क्वालिफायरमा जनकपुर र सुदूरपश्चिम भिड्ने’

4KNationalDaily
२०८१ पुष १, सोमबार १२:१० बजे

काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)को प्लेअफ समिकरण पूरा भएको हो । सोमबार एनपिएलको लिग चरणको खेलको समाप्तिसँगै प्लेअफ समिकरण पूरा भएको छ ।

लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो ।

कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ । जितसँगै सुदूरपश्चिमले सात खेलमा १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो । चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ ।

लिग चरणको शीर्ष स्थानमा रहेर सुदूरपश्चिम रोयल्स, दोस्रो स्थानमा रहेर जनकपुर बोल्ट्स, तेस्रो स्थानमा रहेर चितवन राइनोज तथा चौथो स्थानमा रहेर कर्णाली याक्स प्लेअफमा छनोट भए ।

एनपिएलको प्लेअफको पहिलो खेलमा बुधवार बिहान ९ बजे हुने इलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन तथा चौथो स्थानको कर्णालीबीच खेल हुनेछ । यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउने छ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छन् ।

बुधवार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ । प्लेअफको दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायर खेलमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच खेल हुनेछ ।

पहिलो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान पक्का गर्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनलमा स्थान बनाउने अर्को मौका पाउने छ । पहिलो क्वालिफायरको पराजित टोली तथा इलिमिनेटर खेलको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ ।

दोस्रो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पहिलो संस्करणको एनपिएलको फाइनल खेल आगामी शनिवार मध्यान्ह १२ बजे हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily