+
Search

ताजा अपडेट +

पपुलर +

अस्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज

4KNationalDaily
२०८१ मंसिर २६, बुधबार १४:२७ बजे

काठमाडौं– गायक रमण रेग्मीले नयाँ गीत ‘बिछोडको घाउ’ ल्याएका छन्। प्रेममा बिछोडको भावको यो गीतमा रमणकै शब्द र किरण कँडेलको संगीत तथा एरेन्ज छ।

केशवराज भट्ट निर्देशित गीतको भिडियोमा प्रेम, प्राप्ति र बिछोडको कथा प्रस्तुत गरिएको छ। भिडियोमा केशवराज भट्ट, शिल्पा पोखरेल र अर्जुन खड्का फिचर्ड छन्।

केशवराज र शिल्पाको अभिनयलाई दर्शकले रुचाएको गायक रेग्मीले बताए।

भिडियोमा त्रिकोणात्मक प्रेम कथा र प्रेम वियोगको भावलाई देखाइएको छ। जहाँ आफूलाई भन्दा बढी माया गरेका प्रेमीलाई धोका दिएर शिल्पाले एक धनाढ्य प्रेमी रोजेको कथालाई देखाइएको छ।

केशवराजकै काेरियोग्राफी रहेको भिडियोमा विशाल थापा र नरेश ऐरको छायांकन छ।

कलर संयोजन तथा सम्पादन राकेश दाहालले गरेका हुन्। गीत ‘रमण रेग्मी’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

गायक रेग्मीले यसअघि घर त लगन खेलको रिमेक भर्सन, मुखै चिलाउनी, खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाऊँ जाऊँ लाग्छ,लगायत गीत ल्याइसकेका छन्।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily