+
Search

ताजा अपडेट +

पपुलर +

कर्णालीको दोस्रो हार, काठमाडौं ३ विकेटले विजयी

4KNationalDaily
२०८१ मंसिर १९, बुधबार १२:५४ बजे

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गुर्खाजले रोमाञ्चक जित हात पारेको छ।

सोमपाल कामीको कप्तानीमा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौँले पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।

काठमाडौँका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily