काठमाडौं– जाजरकोटमा वडाध्यक्ष गुमाएको माओवादी केन्द्रले उपमेयरमा बाजी मारेको छ ।
आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका-७ को वडाध्यक्ष पद गुमायो । तर, त्यसबेला कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर भने माओवादीले जितेको छ ।
निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् ।
उनले ४ हजार २७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २ हजार ५४२ मत ल्याइन् ।
यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया