+
Search

ताजा अपडेट +

पपुलर +

व्यास नगरपालिकाद्वारा १ सय ८ जना दीर्घरोगीलाई आर्थिक सहयोग

4KNationalDaily
२०८१ मंसिर ८, शनिबार ०९:२५ बजे

तनहुँ– व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई रु पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ ।

क्यान्सर, मुटु रोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।

त्यसैगरी विपन्न नागरिक, क्यान्सर, मुटुरोगी, मिर्गौला फेल भएका ३२ जनालाई उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको उनले बताए ।

गर्भवती पोषण सहयोग कार्यक्रमअन्तर्गत एक सय ११ जना महिलालाई पाँच हजारका दरले आर्थिक सहयोग गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily