+
Search

ताजा अपडेट +

पपुलर +

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने

4KNationalDaily
२०८१ मंसिर ५, बुधबार ०७:५० बजे

काठमाडौं– स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रशासन हुने भएको छ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ ।

बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका छ ।

कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily