+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीमा फेरि सक्रिय हुँदै पूर्व उपराष्ट्रपति पुन, खाेजे आफ्नो जिम्मेवारी

4KNationalDaily
२०८१ कार्तिक २८, बुधबार १९:३६ बजे

काठमाडौं- पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किने भएका छन् ।

माओवादी केन्द्रको सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहभागी भएका उनले पार्टीमा आफ्नो जिम्मेवारीबारे सोधेका थिए ।

माओवादीका सचिव दिनानाथ शर्मा पार्टीले बोलाएपछि पुनः बैठकमा सहभागी भएको बताएका छन् ।

बैठकमा पार्टीको तर्फबाट उपराष्ट्रपति भएपछि अहिले पार्टीसँग कुनै सम्बन्ध नभए पनि अबको यात्राबारे छलफल भएको सचिव शर्माले बताए । बैठकमा पूर्व उपराष्ट्रपति पुनले आफूले राज्यको तर्फबाट कुनै सुविधा नलिएको जानकारी गराएको उनले बताए ।

पुनले सक्रिय राजनीतिमा फर्किने इच्छा व्यक्त गरे पनि पार्टीले अन्तराष्ट्रिय परम्परा हेरेर निर्णय लिने भएको छ ।

राज्यको सेवा सुविधा नलिएको भएपछि इच्छाअनुसार राजनीतिमा आउँदा समस्या नपर्ने उनको भनाइ छ ।

उनले यो विषयमा पुस २ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily