+
Search

ताजा अपडेट +

पपुलर +

फिल्म छक्का पञ्जा- ५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्बजनिक

4KNationalDaily
२०८१ आश्विन ३, बिहीबार १७:४० बजे

काठमाडौं- आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ ।

गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द रचना छ ।

गीतमा फिल्मका कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डितलगायतलाई प्रस्तुत गरिएको छ ।

निरौलाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ ।

हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई घिमिरे र दीलिप तामाङले सघाएका छन् ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।

‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सुपरहिट भएका थिए । पाँचौं सिरिज भने दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सँगै रिलिज हुन लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily