+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिन्छः रवि लामिछाने

4KNationalDaily
२०८१ भाद्र ५, बुधबार १६:५८ बजे

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका हुन।

सभापति लामिछाने निर्वाचनका लागि कुन ढंगले अगाडी बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको जानकारी दिए। पार्टी निर्वाचनमा कसरी जाने भन्ने सन्दर्भमा थप छलफल गरेर निस्कर्षमा पुगिने उनको भनाई छ ।

उनले- ‘राजनीतिक दल भाग नलिने भन्ने कुरै छैन । कुन ढंगले भनेर हाम्रो छलफल भइरहेको छ । थप छलफल गर्दैछौँ कसरी, कुन तरिकाले जाने त्यसको वर्कआउट गर्छौं । बल्ल शुरुवात भएको छ ।’

देशभरमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्ष गरी ३४ पदमा रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ भने रिक्त स्थानहरुमा मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि निर्वाचन आयोगले सूचना आह्वान समेत गरिसकेको अवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily