+
Search

ताजा अपडेट +

पपुलर +

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

4KNationalDaily
२०८१ असार ३१, सोमबार ०९:२८ बजे

काठमाडौं- नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो ।

जस अनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । त्यस्तै मानवीर राई रक्षा मन्त्री बन्दै छन् भने उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरुले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ ।

यो अन्तिम नामावली भएको एमालेका एक नेताले बताए। नयाँ मन्त्रीहरुको शपथ आजै हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधानको धारा ७६ (२) अनुसार कांग्रेससहितको समर्थनमा ओलीले शुक्रबार राति राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनको दाबी पेस गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily