+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच बालुवाटारमा छलफल

4KNationalDaily
२०८१ असार १७, सोमबार ०९:०९ बजे

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ । आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ। यता कांग्रेस सभापति देउवाले सोमबार पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily