+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरी गोरखाको साम्दोमा बीओपी स्थापना

4KNationalDaily
२०८१ जेष्ठ १४, सोमबार १०:४४ बजे

गोरखा– उत्तरी छिमेकी देश चीनसँगको सीमा नजिक रहेको चुमनुब्री गाउँपालिकाको साम्दोमा बोर्डर आउटरिच पोस्ट (बिओपी) स्थापना भएको छ ।

सशस्त्र प्रहरी खट्ने बीओपी बनाउन १ वर्षदेखि तयारी भएको थियो । आइतबार बीओपी तयार भएको सशस्त्र प्रहरी बल गोरखाले जनाएको छ । यो बीओपी रुईला नाका नजिक पर्छ ।

बीओपीमा इन्स्पेक्टरको कमान्डमा टोली खटिएका छन् । विशेष गरी सीमा सुरक्षाका लागि बीओपी स्थापना भएको डीएसपी सुमन बोगटीले जानकारी दिए । उनका अनुसार सीमा नजिक अर्को बीओपी पनि स्थापनाको तयारी छ ।

मुलाढाज्याङ (ङुइला) नाका नजिक पनि सरकारले बीओपी स्थापनाको तयारी सरकारले गरेको छ । यद्यपि हालसम्म स्थापना हुन सकेको छैन । हालका उपप्रधान तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको समयमा उत्तरी गोरखाका दुई नाकामा बीओपी खोल्ने तयारी भएको थियो ।

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बीओपी स्थापनाका लागि जिल्ला प्रशासन कार्यालय हुदैं गृहमन्त्री तथा प्रधानमन्त्रीसँग पनि उत्तरी क्षेत्रका नाका सधैँ खोल्न संघीय सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily