+
Search

ताजा अपडेट +

पपुलर +

गौतम बुद्ध म्युजिक अवार्डले मोडल सुनिता सम्मानित

4KNationalDaily
२०८१ बैशाख ९, आईतवार ०८:२७ बजे

काठमाडाैं– राजधानीको राष्ट्रिय नाचघरमा पहिलो गौतम बुद्ध म्युजिक एन्ड फिल्मी अवार्ड २०२४ सम्पन्न भएको छ ।

बिएसकेल एक्टिभ नेपाल प्रोडक्सनको आयोजनामा  प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको आतिथ्यमा भएको कार्यक्रममा कलाकार हरूलाई फरक फरक विद्यामा थुप्रै अवार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा मोडल सुनिता वाइबाले ‘तामाङ गीत ल्होसार खामाम सेम ताङ्जि’बाट मेन्दोमाया फिमेल मोडल ‘पब्लिक च्वाइस अवार्ड’ पाएकी छिन ।

करिब २ सय भन्दा धेरै तामाङ गीतहरूमा अभिनय गरिसकेकी मोडल तामाङ सेलोमा बहुचर्चित मोडलको रूपमा चिनिन्छिन् ।

थुप्रै नेपाली लोकगीत आधुनिक गीतमा पनि उनले अभिनय गरेकी सकेकी छन् ।

दर्जनौँ अवार्डले सम्मान भेसकैकी वाइबाले पब्लिक च्वाइस अवार्डमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। अवार्डले आफूलाई थप जिम्मेवार र अझै उत्कृष्ट कार्य गर्ने हौसला मिलेको बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily