काठमाडौं– नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क देशका ७५ जिल्लामा पुगेको छ।
आइतबार टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटीटीएच) सेवा सुरु गरेको छ।
उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्याउने सरकारको अभियानअन्तर्गत आइतबारदेखि टेलिकमले डोल्पामा उक्त सेवाको सुरुआत गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डोल्पामा एफटीटीएच नेटवर्क सेवाको भर्चुअल माध्यमबाट सुरुआत गरेकी छिन्।
टेलिकमले मुगुमा अप्टिकल फाइबर जडानको काम गरिरहेको छ भने हुम्लामा आगामी वर्ष जोड्ने योजना छ।
प्रतिक्रिया