+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिदै

4KNationalDaily
२०८० चैत्र २१, बुधबार ०९:१६ बजे

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो । तर, उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएका छैनन् ।

मुख्यमन्त्री पाण्डेले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएका छन् ।

विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठुलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् ।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् ।

गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दीपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन ।

मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी भएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएका छन् ।

याे पनि,

पुनः मुख्यमन्त्री बन्ने दाउमा गण्डकीका मुख्यमन्त्री पाण्डे, राजीनामाको तयारीमा

गाेरखा पुगेर मुख्यमन्त्री पाण्डेले भने- गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ

४० जनाको जम्बो टोली लिएर गण्डकीका मुख्यमन्त्री पाण्डे मुस्ताङमा

गण्डकी प्रदेश सरकारका सय दिन : सुरु गरेका काम रोकिए, दीर्घकालीन योजनामा छैन ध्यान

गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily