काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता सुरु भएको हो।
२१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससंगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबीच पहिलो पटक छलफल हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो आयोजित एक कार्यक्रममा आफूले शान्ति प्रक्रिया र संवैधानिक परिषदको विषयमा देउवा र ओलीसँग छलफल गर्न लागेको बताएका थिए ।
शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट भएको हो।
शान्ति प्रक्रियासँग सम्बन्धित पनि र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा पनि गम्भीर छलफल हुन लागेको प्रधानमन्त्रीले शनिबार आयोजित एक कार्यक्रममा बताएका थिए।
प्रधानमन्त्री प्रचण्डले सकेसम्म आफ्नो कोसिस राजनीतिक दलहरू सबैलाई सहमतिमा ल्याएर राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु रहेको पनि बताएका थिए।
यसैबीच प्रधानमन्त्री प्रचण्डले आइतबार (भोलि) संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
प्रतिक्रिया