+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन्स बैंकका कार्डबाहकले भारतको गुँडगाँवस्थित मेदान्त हस्पिटलमा १५% सम्म छुट पाउने

4KNationalDaily
२०८० चैत्र ९, शुक्रबार १६:३१ बजे

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकले भारतको गुँडगाँवस्थित मेदान्त-द मेडिसिटी अस्पतालमा छुट पाउने भएका छन्। यस विषयमा बैंक र अस्पतालबीच समझदारी भएको छ।

सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरूले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ। गुँडगाँव, हरियाणास्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन्।

बैंकका ग्राहकहरूले हालसम्म उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको बैंकको दाबी छ। आगामी दिनहरूमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले पाउनेछन्। बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्षदेखि निरन्तर रुपमा उपलब्ध गराउँदै आइरहेको छ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट सेवा प्रदान गर्दै आएको छ। हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily