+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी नियमको धज्जी उडाउँदै भवानीका क्याम्पस प्रमुखलाई ‘दाेहाेराे सुविधा’

लीलाधर काेइराला
२०८० माघ २३, मंगलवार ०९:४९ बजे

गोरखा– त्रिभुवन विश्वविद्यालयकाे ‘धज्जी उडाउँदै’ जिल्लाको पुरानो र पालुङटार क्षेत्रको एक मात्र सामुदायिक क्याम्पस भवानी बहुमुखी क्याम्पसमा माध्यमिक तहका शिक्षक क्याम्पस प्रमुख भएका छन् । प्राध्यापक मात्रै क्याम्पस प्रमुख हुन पाउने कानुनी नियम भए पनि माध्यमिक तहका शिक्षक नै क्याम्पस प्रमुख भएका हुन्।

जिल्लाका सामुदायिक क्याम्पसमा अनिवार्य विश्वविद्यालयले तोकेका प्राध्यापक मात्रै क्याम्पस प्रमुख हुन पाउँछन् । तर, उनले शिक्षा नियमावलीको धज्जी उडाउँदै राज्यको दोहोरो सुविधा लिएका छन् ।

हाल, माध्यमिक तहका प्रथम श्रेणीका सिरानचोक गाउँपालिका-४, का चेतनाथ पन्त पूर्णकालीन क्याम्पस प्रमुख छन् । क्याम्पसको चलानी नं ०७७ का अनुसार विश्वविद्यालय अनुदान आयोगलाई जानकारी गराएको पत्रमा उनी (पन्त) ०७८ फागुन ७ गतेबाट प्रमुख छन् । पालुङटार नगरपालिकाको शिक्षा शाखाले भने एउटै व्यक्तिले दुई फरक स्वायत्त संस्थामा पूर्णकालीन नियुक्ति लिएर दोहोरो सुविधा लिन नमिल्ने दाबी छ ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष शिवहरि देवकोटाको हस्ताक्षर भएको उक्त पत्रका अनुसार उनी नै क्याम्पस प्रमुख रहेका छन् । तर, विश्वविद्यालय अनुसार उनी क्याम्पस प्रमुख भएर पठन-पाठक गर्न पाउन्नँ । शिक्षा नियमावलीको धारा १३३ मा उल्लेख भए अनुसार ‘शिक्षकले अन्यत्र काम गर्न पाउन्न ।’

क्याम्पस प्रमुख पन्त यो विषय बाध्यताले धान्न परेको दाबी गछन् । ‘शिक्षा समिति तथा अन्य निकायका साथीहरूले पनि तपाइले धानिदिनु प¥यो भनेर मलाइ आग्रह गर्नुभएकाले मैले यो कार्यभार समालेको हो’, उनी भन्छन् ‘तर, पनि यहाँले भन्नु भएको झैँ राज्यभर नै सामुदायिक क्याम्पसको अवस्था यही भएकाले हामीले धानिदिनु परेको हो ।’

राज्यले सामुदायिक क्याम्पसलाई दिने अनुदान तथा उपलब्ध विद्यार्थीको विभिन्न शुल्कमार्फत क्याम्पस सञ्चालन गर्नुपर्ने बाध्यता भएको भए पनि त्यो पर्याप्त नभएको उनको तर्क छ । उनी भन्छन्- ‘राज्यले राज्यभरका विभिन्न सामुदायिक विद्यालयमा दिने अनुदान तथा उपलब्ध विद्यार्थीका आधारमा उठेको रकमबाट क्याम्पसमा पठाउने साथी (प्राध्यापक)हरूले धानिरहनु भएको छ, यसले मात्रै सामुदायिक क्याम्पस बचाउन सकिन्न, त्यसैले पनि हामीले जिम्मा लिनु परेको हो ।’

उनले रहरले भन्दा पनि बाध्यताले क्याम्पसको निमित्तका रूपमा जिम्मेवारी लिएको दाबी गर्छन् । तर, विश्वविद्यालय अनुदान आयोगलाई जानकारी गराएको पत्र अनुसार उनी नै हाल क्याम्पस प्रमुख हुन् । उनले आफूले क्याम्पसबाट सेवा सुविधा लिएको तर नगण्य मात्रामा भएको दाबी गर्छन् । ‘तपाइलाई नेपाल सरकारले माध्यमिक तहको सेवा सुविधा उपलब्ध गराउँछ, तर क्याम्पस प्रमुखका रूपमा पनि सेवा सुविधा लिनुभएको होला नि?’ भन्ने पत्तिकारको पश्नमा  उनी नगण्य मात्रामा सेवा सुविधा लिएको स्कीकार गर्छन् ।

भवानीमा हाल स्नातक तहमा करिब सय जना विद्यार्थी ‘रेगुलर’ रहेको उनको दाबी छ ।

उनका अनुसार क्याम्पस तहमा प्राध्यापकहरूले प्रत्येक कक्षाको नगण्य रूपमा सेवा शुल्क लिएको दाबी गर्छन् । ‘हामीले क्याम्पस तहमा एउटा कक्षा लिएको जम्मा दुई/तीन सयमा लिन्छौँ,’ उनी भन्छन् ‘अन्य सामुदायिक क्याम्पसमा करिब पाँच भन्दा बढी लिन्छन् । तर, हामीले क्याम्पस बचाउनका लागि कम सेवा शुल्क लिएका छौँ ।’

भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक ओजराज गिरि र क्याम्पस प्रमुख पन्त जिल्लाका माध्यमिक तह प्रथम श्रेणीका शिक्षकमध्येका हुन् । वरियतामा ओझा भन्दा पन्त सिनियर हुन् । विद्यालयका प्रधानाध्यापक गिरि भने सामुदायिक क्याम्पसको अवस्थाका आधारमा शिक्षकहरूले नै आजसम्म क्याम्पस धानेको दाबी गर्छन् ।

उनका अनुसार क्याम्पस प्रमुख पन्त विद्यालयलाई हानी नोक्सानी पुर्‍याउने गरेर कुनै पनि कार्यक्रममा नजाने तर क्याम्पसका अन्य कुनै कर्मचारीलाई जिम्मा दिएको दाबी गर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला