+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री र ओलीको सिंहदरबार भेटवार्ता, के भयो कुराकानी ?

4KNationalDaily
२०८० माघ १९, शुक्रबार ११:३९ बजे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सोमबारदेखि सुरू हुने हिउँदे अधिवेशनको संघारमा शीर्ष तहमा भेटघाट भएको हो ।

सिंहदरबारबाट बाहिरिँदै ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

ओलीका अनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने, टीआरसी विधेयकलाई राम्ररी मिलाएर छिट्टै टुंग्याउनेबारे कुराकानी भएको छ ।

सरकारले बहुमतबाट विधेयक पास गर्ने भनिरहेकोबारे पत्रकारको जिज्ञासामा ओलीले टीआरसीमा एमालेको अडान कायमै रहेको बताए । उनले भने, ‘बहुमतले किन पास गर्नुपर्‍यो राम्रो बनाएर सहमतिमा पास गरे भइगो नि !’

केहीदिनअघि कानूनमन्त्री धनराज गुरुङले प्रक्रियाबाटै भएपनि टीआरसी विधेयक टुंग्याउने बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily