काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले इलामको इलाम नगरपालिका–४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
१७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मलाटे आधारभूत स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ । शिविरमा १६० भन्दा बढी महिलाहरुले प्रत्यक्ष लाभ लिएका छन् ।
नेपाल परिवार नियोजन संघसंगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएका थिए ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्नेछ ।
योसँगै ग्लोबल आईएमई बैंकले वार्षिकत्सवको अवसरमा सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
सातै प्रदेशमा सञ्चालन गरिएको शिविरमा १ हजार २५० भन्दा बढी महिलाहरुले स्वास्थ्य चेकजाँच गराएको बैंकको भनाइ छ ।
प्रतिक्रिया