+
Search

ताजा अपडेट +

पपुलर +

दुर्गा प्रसाईंको भेलामा आएका महिलालाई मध्यरातमै लखेट्यो युवा संघले !

4KNationalDaily
२०८० मंसिर ६, बुधबार १०:३५ बजे

काठमाडौं– दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई नेकपा एमालेका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन्।

सुत्ने तरखरमा रहेका उनीहरुलाई दुर्गा प्रसाईंको भेलाका लागि आएको भन्दै लेखेटिएको भिडियो सार्वजनिक भएको छ।

भिडियोमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले लखेटेको देखिएको छ। जहाँ एकजना कार्यकर्ताले भनेको सुनिन्छ, ‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघार्‍यो भनेर।’

फेरि प्रश्न गर्छन्, ‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हैन?’

महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गरेको भिडियोमा देखिन्छ। त्यसैगरी उनीहरु एकरात मात्रै बस्न दिन आग्रह गरिरहेका छन्।

महिलाहरु इटहरीबाट उपत्यका आएको पनि भिडियोबाट बुझ्न सकिन्छ। त्यहाँ युवा संघका कार्यकर्ताले ‘देखाइदिन्छौं’ भन्दै आएको भन्दै आफूले देखाइदिने समेत भनिरहेका छन्।

उक्त भिडियो सार्वजनिक भएपछि लोकतन्त्रमा विरोध गर्न पाउने तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको एमाले सम्बद्ध कार्यकर्ताले हनन गरेको भन्दै आलोचना भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily