+
Search

ताजा अपडेट +

पपुलर +

हलहरूले शो नदिए शुक्रबारबाट दिमाग खराबको प्रदर्शन रोक्ने निर्माण टोलीको घोषणा

4KNationalDaily
२०८० कार्तिक २९, बुधबार १८:१४ बजे

काठमाडौं- कात्तिक २४ देखि प्रदर्शन भइरहेको फिल्म ‘दिमाग खराब’को नेपालभित्रका सिनेमा हलमा प्रदर्शन रोकिएको छ।

फिल्म निर्माण टिमले हल‌ र निर्माताबीचको सेयर बाँडफाँटमा समानता कायम हुनुपर्ने माग राख्दै प्रदर्शन रोक्ने निर्णय गरेको हो।

निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्चल बस्नेतद्वारा जारी विज्ञप्तिमा सेयर बाँडबाँटमा हलहरूले अन्याय गर्दै आएको भन्दै समान व्यवहार हुनुपर्ने बताइएको छ।

पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकहरुमा हुने शेयर बाँडफाँट पचास/पचास प्रतिशत हुन्छ।

‘तर तेस्रो हप्तादेखि निर्मातालाई ३५ प्रतिशत र प्रदर्शकलाई ६५ प्रतिशत शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौं। यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा लेखिएको छ,‘हाम्रो निर्णयले सम्मानित दर्शकहरुमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।’

विदेशी र नेपाली फिल्मलाई बराबर शो प्रदान र फिल्म प्रदर्शन भइरहुन्जेल बराबरी शेयर बाँडफाँट नभएसम्म नेपालमा फिल्म रोक लगाउने निर्माण पक्षले बताएको छ।

‘समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्नेछौं नभए अरु कुनै माध्यमबाट हाम्रो सिनेमा ‘दिमाग खराब’ दर्शकहरुलाई देखाउने छौं भन्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily