काठमाडाैं- गायक डि.बि. खड्का र गायिका बबिता किराँती को स्वरमा सजिएको नयाँ दसैँ तिहार गीत बजारमा आएको छ ।
दसैँ आयो तिहार आयो बोलको गीतलाई लक्ष्मी प्रसाद बुढाथोकी र गोपाल कृष्ण रिजालले लय दिएका हुन ।
डिबि खड्काले संगीत दिएका गीतमा चर्चित नायिका दीपा मगरसहित स्मारिका ढकाल, भुवन श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
चन्दनी शाहीको निर्देशनमा तयार भएको भिडियोलाई विनोद लाम एन्ड टिमले छायाङ्कन गरेका हुन ।
छोटो समयमा नै गीतलाई धेरै दर्शक श्रोताले मन पराएर सकारात्मक प्रतिक्रिया दिएका छन् ।
भिडियो
प्रतिक्रिया