+
Search

ताजा अपडेट +

पपुलर +

एमाले आफैँ समाप्त भएर जान्छ : माधव नेपाल (भिडिओ)

4KNationalDaily
२०८० भाद्र १६, शनिबार १९:५९ बजे

काठमाडौं- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन्।

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको जिकिर गरेका हुन्।

पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गरे।

‘कसै-कसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन्। समाप्त पार्ने होइन ती व्यक्तिहरु जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर। उनीहरु आफैँ सोत्तर भइरहेका छन्,’ अध्यक्ष नेपालले भने, ‘हावा खाइरहेका छन्। तपाईहरू देखिरहनुभएको छ सिंगै देशमा हाम्रो पार्टी आफ्नै गतिविधिका साथ अगाडि बढिरहेको छ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरुलाई समेत साथमा लिएर समाजवादको झण्डालाई बुलन्द गर्ने काम गरिरहेको पनि बताए। उनले पार्टीलाई सशक्त बनाउन आफूहरुले संगठन निर्माणको कामलाई तिब्रता दिएको समेत बताए।

https://www.facebook.com/palikalivenp/videos/653693250049919

‘संगठन निर्माणको अभियानमा जुटेको छ। र, अरुलाई पनि साथी र सहयोगी बनाउँदै, हातेमालो गर्दै समाजवादी मोर्चा बनाउँदै सारा देशमा समाजवादको झण्डा बुलन्द गर्दै अगाडि बढिरहेको छ। अरुले कल्पना नगरेका कुराहरु, परिकल्पना नगरेका कुराहरू, पार लाग्दैन भन्नेहरू, ती सबैका कुरालाई चुनौती दिँदै असम्भव ठानिएका कामलाई सम्भव तुल्याएका छौं,’ नेपालले भने।

अध्यक्ष नेपालले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरुलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily