पोखरा– गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले आँखा सङ्क्रमण रोक्न कुनै कसरत बाँकी नराख्न महातातका निकायलाई निर्देशन दिएकी छिन् ।
पछिल्लो समयमा नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने सङ्क्रमण फैलिएसँगै प्रदेशका ११ वटा जिल्लामा आँखा पाक्ने सङ्क्रमण दर बढ्न थालेपछि मन्त्री सिंखडा माताहातका निकायलाई यस्तो निर्देशन दिएकी हुन्।
उनले कुनै पनि स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिनको लागी योजना बनाएर अघि बढेको स्थानीय तह र संघ शरकारसँग समन्वय राखी महामारी तथा आपतकालिन रोग नियन्त्रण गरेको र यसलाई निरन्तरता दिइने बताइन् ।
उनले बिरामीले औषधी उपचार पाउन पहुँच भन्दा बाहिर नराख्न समेत निर्देशन दिएकी छन् ।
एक हप्ता अघि देखि सङ्क्रमण रोकथामको लागी विभिन्न पहलहरू हुँदै आएको उनको दाबी थियो ।
यस्तो छ सङ्क्रमण रोक्ने प्रयास
सङ्क्रमण रोक्नको लागि तनहुँ स्वास्थ्य कार्यालय, दरबाङ स्वास्थ्य चौकी, म्याग्दीले आँखा शिविर, कास्कीका विद्यालयहरूमा चेतनामूलक कार्यक्रम र स्वास्थ्य कार्यालयमा नवलपुर मार्फत विभिन्न पालिका २ हजार थान आइ ड्रप सहयोग गरिएको छ ।
मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा नेत्र रोग विशेषज्ञ, म्यादी, कास्की, लमजुङ र तनहुँमा नेत्र रोग सहायक द्वारा सेवा दिइएको छ ।
आवश्यकता अनुसार विभिन्न ठाउँमा आँखा शिविर सञ्चालनमा हुँदै आएको र आवश्यकता अनुसार शिविर बढाउन सकिने मन्त्री सिंखडाले जानकारी दिएकी छन् ।
गोरखामा हिमालयन आँखा अस्पतालको समन्वयमा सेवा प्रदान गर्दै आएको मन्त्री सिंखडाले जानकारी दिइन ।
सङ्क्रमित १५ जनाको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
पोखराको चरक मेमोरीयल अस्पताल, हिमालयन आँखा अस्पताल साउन मसान्त सम्म निःशुल्क टिकटको व्यवस्था भएको, सङ्क्रमण रोकथामको लागि जनचेतनामूलक सामाग्री सामाजिक सञ्जालमा राखिएको छ ।
सङ्क्रमण धेरै भएका पालिकामा विद्यालय बन्द गराउने र अनावश्यक घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ ।
हालसम्म कास्की जिल्लामा ८ हजार ५ सय १३ जनामा सङ्क्रमण देखिएको छ ।
नवलपुरमा ५ सय ६०, पर्वतमा ४ सय, तनहुँमा ३ सय ६६, गोरखामा ३ सय ४२, स्याङ्जामा १ सय ५६, म्याग्दीमा १ सय १२, लमजुङमा ५३, मुस्ताङमा २८ र मनाङमा १५ जनामा सङ्क्रमण देखिएको छ ।
प्रतिक्रिया